Logo

बिहिवार, कार्तिक १३ गते २०८३

काठमाडौँ महानगरद्वारा नाम्खा गाउँपालिकालाई एम्बुलेन्स प्रदान

काठमाडौँ महानगरद्वारा नाम्खा गाउँपालिकालाई एम्बुलेन्स प्रदान

  • समाचार
  • आश्विन ९, २०८२ बिहिवार १९:३२ बजे
  • 757
    SHARES
  • काठमाडौँ महानगरद्वारा नाम्खा गाउँपालिकालाई एम्बुलेन्स प्रदान

    सिमकोट(हुम्ला), ९ असोज : हुम्लाको उत्तरी नाम्खा गाउँपालिकालाई काठमाडौँ महानगरपालिकाले सहयोग स्वरुप एम्बुलेन्स प्रदान गरेको छ । नाम्खा गाउँपालिका–५ स्थित मुचु स्वास्थ्य चौकीलाई काठमाडौँ महानगरपालिकाले आज सो एम्बुलेन्स हस्तान्तरण गरेको हो ।

    विगत एक वर्षदेखि विभिन्न कारणले रोकिएको एम्बुलेन्स वितरण महानगरले मङ्गलबारदेखि सुरु गरेको थियो । नाम्खा गाउँपालिकाका उपाध्यक्ष तक्दिर लामा, स्वास्थ्य शाखा प्रमुख ग्याछो लामाले महानगरले प्रदान गरेको एम्बुलेन्स बुझ्नु भएको हो । महानरगले सहयोग गरेको एम्बुलेन्सले नाम्खा गाउँपालिकाका मात्रै नभएर अन्य स्थानीय तहका बिरामीहरुलाई सहयोग पुग्ने उपाध्यक्ष लामाले बताउनुभयो ।

    काठमाडौँ महानगरपालिकाले देखाएको सहकार्य र सामाजिक उत्तरदायित्वको भावनाप्रति उच्च प्रशंसा व्यक्त गर्दै नाम्खा गाउँपालिकाले धन्यवादसमेत दिएको छ । पहिलो चरणमा देशभरका दुर्गम तथा मापदण्डका आधारमा छनोट गरिएका ३५ वटा गाउँपालिकालाई महानगरले एम्बुलेन्स वितरण गरिरहेको छ ।

     

    R.S.S


    Investigation Journalism

    सम्बन्धित समाचार

    Copyright © All right reserved to investigationjournalism.com Site By: SobizTrend