काठमाडौँ । अविरल वर्षाका कारण आएको पहिरोले भक्तपुरको चाँगुनारायणमा घर पुरिएको छ । चाँगुनारायण नगरपालिका–१ मा विदुर केसीको चारकोठे घर पुरिएको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी (डिएसपी) वसन्त पाठकले रातोपाटीलाई बताए ।
वर्षाका कारण घरमाथिबाट माटोको ढिस्को खसेको थियो । इट्टाको पर्खाल र जस्ता छानो भएको घर पुरिएको हो । घटनास्थलमा प्रहरी र सशस्त्र प्रहरी बलका सुरक्षाकर्मीहरू पुगेका छन् ।
गए राति देखी परेको वर्षाका कारण भक्तपुरको मनोहरा लगायतका खोलामा पानीको बहाव बढेको छ । नदी किनारामा सतर्कता अपनाइएको डिएसपी पाठकले जानकारी दिए ।
श्रोत : रातोपाटी