Logo

बिहिवार, कार्तिक १३ गते २०८३

प्रधानमन्त्री कार्कीको नाममा कुनै पनि सामाजिक सञ्जाल छैन: प्रधानमन्त्री कार्यालय

प्रधानमन्त्री कार्कीको नाममा कुनै पनि सामाजिक सञ्जाल छैन: प्रधानमन्त्री कार्यालय

  • समाचार
  • आश्विन १०, २०८२ शुक्रवार १६:५८ बजे
  • 559
    SHARES
  • प्रधानमन्त्री कार्कीको नाममा कुनै पनि सामाजिक सञ्जाल छैन: प्रधानमन्त्री कार्यालय

    काठमाडौँ, १० असोजः प्रधानमन्त्री सुशीला कार्कीको नाममा कुनै पनि सामाजिक सञ्जाल नरहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ । 

    कार्यालयका प्रवक्ता रविलाल शर्माले एक विज्ञप्ति जारी गरी प्रेस विज्ञप्तिमा प्रधानमन्त्री नामको कुनै पनि सामाजिक सञ्जाल नरहेको उल्लेख छ ।

    “प्रधानमन्त्री सुशीला कार्कीको नाम उल्लेख गरी नक्कली आइडी बनाइ फेसबुक/ट्वीटर जस्ता सामाजिक सञ्जालबाट समाचार/पोष्टहरू गरेको पाइएको हुँदा यस्तो भ्रममा नपर्न सबैमा अनुरोध छ”, विज्ञप्तिमा भनिएको छ ।

    प्रधानमन्त्री कार्यालयले यस किसिमको गैरकानुनी कार्य गरेमा प्रचलित कानुनबमोजिम आवश्यक कारबाही हुने व्यहोरासमेत सम्बन्धित सबैको जानकारीको लागि अनुरोध गरेको छ ।

     

    R.S.S


    Investigation Journalism

    सम्बन्धित समाचार

    Copyright © All right reserved to investigationjournalism.com Site By: SobizTrend