Logo

बिहिवार, कार्तिक १३ गते २०८३

मनसुनी वायूको प्रभाव कमजोर, यी तीन प्रदेशमा मध्यम वर्षाको सम्भावना

मनसुनी वायूको प्रभाव कमजोर, यी तीन प्रदेशमा मध्यम वर्षाको सम्भावना

  • समाचार
  • आश्विन ११, २०८२ शनिवार ०७:१५ बजे
  • 469
    SHARES
  • मनसुनी वायूको प्रभाव कमजोर,  यी तीन प्रदेशमा मध्यम वर्षाको सम्भावना

    काठमाडौँ, ११ असोज : हाल देशभर मनसुनी वायूको प्रभाव कमजोर रही स्थानीय वायूको आंशिक प्रभाव रहेको छ ।

    आज दिउँसो मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पहाडी भू–भागमा साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली रहने छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानहरूमा तथा बाँकी भू–भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

    आज राति कोशी प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने र कोशी प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ ।

     

    R.S.S


    Investigation Journalism

    सम्बन्धित समाचार

    Copyright © All right reserved to investigationjournalism.com Site By: SobizTrend