Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

अन्तरराष्ट्रिय प्रतियोगितामा पदक जितेका खेलाडी सम्मानित

अन्तरराष्ट्रिय प्रतियोगितामा पदक जितेका खेलाडी सम्मानित

  • समाचार
  • आश्विन ११, २०८२ शनिवार १८:५५ बजे
  • 475
    SHARES
  • अन्तरराष्ट्रिय प्रतियोगितामा पदक जितेका खेलाडी सम्मानित

    काठमाडौँ, ११ असोजः नेपाल बुदोकैदो ‘फूल कन्ट्याक्ट’ कराते सङ्घले विभिन्न अन्तरराष्ट्रिय प्रतियोगितामा पदक जितेका खेलाडीलाई सम्मान गरेको छ ।

    अजरवैजानको बाकुमा भएको विश्व बुदो मार्सल आट्र्स च्याम्पियनसिपका पदक विजेता सागर विष्ट, बविता कार्की, रोचक भारती, पूजा खड्का र सुदर्शन खतिवडा तथा सोही प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गरेकी करुणा राउतलाई आज सम्मान गरिएको हो ।

    श्रीलङ्कामा भएको दक्षिण एसियाली फूल कन्ट्याक्ट कराते प्रतियोगिताको खुला तौल समूहमा स्वर्ण पदक जितेका सनि सिंह, जापानमा भएको तेजुका कप फूल कन्ट्याक्ट कराते प्रतियोगिताको एकल कातामा कास्य विजेता दावा शेर्पा र थाइल्याण्डमा भएको १२औँ विश्व स्ट्रेन्टलिफ्टिङ तथा इन्क्लान बेञ्च प्रेसको पुरुष ५० वर्षमाथि ७६ केजीमा स्वर्ण जितेका केदारमान स्थापितलाई पनि सम्मान गरिएको छ ।

    त्यस अवसरमा नेपाल फूल कन्ट्याक्ट कराते महासङ्घका नवनिर्वाचित अध्यक्ष सूर्यबहादुर बूढाथोकीलाई पनि सम्मान गरिएको थियो ।

     

    R.S.S


    Investigation Journalism

    सम्बन्धित समाचार

    Copyright © All right reserved to investigationjournalism.com Site By: SobizTrend