Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

खाजा खर्च बचाएर तीन सय जनालाई निःशुल्क कपडा

खाजा खर्च बचाएर तीन सय जनालाई निःशुल्क कपडा

  • समाचार
  • आश्विन ११, २०८२ शनिवार २०:२१ बजे
  • 859
    SHARES
  • खाजा खर्च बचाएर तीन सय जनालाई निःशुल्क कपडा

    दमौली (तनहुँ), ११ असोजः तनहुँको व्यास नगरपालिका-३ शान्तिनगरस्थित गोरखकाली आवासीय माध्यमिक विद्यालयका विद्यार्थीले खाजा खर्च बचाएर जम्मा गरेको रकमबाट ३०० जना सर्वसाधारणलाई निःशुल्क कपडा वितरण गरेका छन् ।

    विद्यालयमा गठित इन्ट्र्याक्ट क्लबमा सहभागीहरूले पूर्वविद्यार्थी स्वर्गीय प्रजिता श्रेष्ठको स्मृतिमा आज व्यास-५ पाटनमा १५० र व्यास-३ प्रशासनचोकमा १५० जना सर्वसाधारणलाई निःशुल्क कपडा वितरण गरेका हुन् ।

    तीन वर्षदेखि प्रत्येक दसैँको पूर्वसन्ध्यामा निःशुल्क कपडा वितरण गर्दै आइएकाले यस वर्ष पनि निरन्तरता दिइएको क्लबका अध्यक्ष निजल आलेले बताउनुभयो । विपन्न वर्ग लक्षित कार्यक्रममा आफूलाई मन परेको पाँच-पाँच थान कपडा वितरण गरिएको उहाँको भनाइ छ ।

    उहाँले भन्नुभयो, “विद्यालयमा गठित क्लबमा रहेका विद्यार्थीले खाजा खर्च कटाएर रकम सङ्कलन गरेका थियौँ । सोही रकमबाट विपन्नलाई कपडा वितरण गरेका हाैँ ।” विद्यार्थीले खाजा खर्च कटाएर रु १२ हजार सङ्कलन गरेका जनाउँदै आलेले केही सहयोगी दाताहरूले पनि कपडा प्रदान गर्नुभएको उल्लेख गर्नुभयो ।

    दसैँलाई लक्षित गरी विद्यार्थीले अतिआवश्यक हुनेलाई निःशुल्क कपडा वितरण गर्ने गरिएको विद्यालयका वीणा कैनीले बताउनुभयो । उहाँले भन्नुभयो, “विद्यार्थीमा सहयोगको भावना अभिवृद्धि गर्ने उद्देश्यले पनि यो अभियान सञ्चालन गरेका हौँ ।”

     

    R.S.S


    Investigation Journalism

    सम्बन्धित समाचार

    Copyright © All right reserved to investigationjournalism.com Site By: SobizTrend