Logo

बिहिवार, कार्तिक १३ गते २०८३

पूर्व राजा शाहद्वारा दसैँको शुभकामना

पूर्व राजा शाहद्वारा दसैँको शुभकामना

  • समाचार
  • आश्विन १३, २०८२ सोमवार ०९:२४ बजे
  • 721
    SHARES
  • पूर्व राजा शाहद्वारा दसैँको शुभकामना

    काठमाडौँ, १३ असोज : पूर्वराजा ज्ञानेन्द्र शाहले विजया दशमीको उपलक्ष्यमा सबै नेपालीहरुमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्नुभएको छ ।

    उहाँले एक सन्देशमार्फत उहाँले आम शुभेच्छुक नागरिक समुदायलाई आफूबाट विगतमा झैँ बृहत रुपमा टीका जमरा प्रदान नहुने समेत जानकारी गराउनुभएको छ । पूर्वराजा शाहले पूर्वजहरुले नेपालको एकता, अखण्डता, सार्वभौमिकता र सम्प्रभुताको रक्षा गर्न दिएका त्याग र बलिदान नै हाम्रो अस्तित्व, स्वाभिमान र गौरवशाली संस्कृतिको मेरुदण्ड भएको उल्लेख गर्नुभएको छ ।

    युवा पुस्ता भविष्यका आधारस्तम्भ भएको र उनीहरुमा निहीत देशभक्तिको भावना, उर्जाशक्ति र नवीन सोचले मात्र राष्ट्रलाई बलियो, समृद्ध र आत्मनिर्भर बनाउने बाटोमा लैजाने उहाँको भनाइ छ ।

     

    R.S.S


    Investigation Journalism

    सम्बन्धित समाचार

    Copyright © All right reserved to investigationjournalism.com Site By: SobizTrend