Logo

बिहिवार, कार्तिक १३ गते २०८३

युवाबीच आत्मीय सम्बन्ध बढाउन खेलकुद उत्सव

युवाबीच आत्मीय सम्बन्ध बढाउन खेलकुद उत्सव

  • समाचार
  • आश्विन १४, २०८२ मंगलवार १४:०७ बजे
  • 856
    SHARES
  • युवाबीच आत्मीय सम्बन्ध बढाउन खेलकुद उत्सव

    दमौली (तनहुँ)१४ असोजः भानु नगरपालिका–१२ स्थित अर्चले युवा क्लवले दसैंको अवसरमा खेलकुद उत्सव गरेर युवाहरुबीच आत्मीय सम्बन्ध बढाउने प्रयास गरेको छ । दसैंको अवसर पारेर क्लबले शनिबारदेखि सोमबारसम्म अर्चलेमा खेलकुद उत्सव गरेको हो ।

    युवाबीच सद्भाव, समन्वय, सहकार्य र पारस्परिक एकताको भावना विकास गर्न क्लबले खेलकुद उत्सव आयोजना गरेको क्लबका अध्यक्ष कृष्ण गुरुङले जानकारी दिनुभयो । खेलकुद उत्सवअन्तर्गत खुल्ला पुरुष भलिबलको उपाधि भानु नगरपालिका–१ भन्सार युवा परिवारले जितेको छ । फाइनल खेलमा भानु नगरपालिका–१० राइपालीभञ्ज्याङ युवा क्लवलाई पराजित गर्दै भन्सारले भलिबलको उपाधि जितेको हो ।

    उपाधिसँगै भन्सारले नगद रु ५० हजार, पदक र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता राइपालीभञ्ज्याङलाई नगद रु २५ हजार, पदक र प्रमाणपत्र प्रदान गरिएको छ ।

    यसैबीच, खुल्ला महिला फुटबल प्रतियोगिताको उपाधि जयापानी महिला समूहले जितेको छ भने अर्चले महिला समूहले उपविजेतामा चित्त बुझाएको छ ।

     

    R.S.S


    Investigation Journalism

    सम्बन्धित समाचार

    Copyright © All right reserved to investigationjournalism.com Site By: SobizTrend