Logo

बुधवार, कार्तिक १२ गते २०८३

सुदूरपश्चिममा माओवादीको कार्य विभाजन, कसलाई कुन जिम्मेवारी ?

सुदूरपश्चिममा माओवादीको कार्य विभाजन, कसलाई कुन जिम्मेवारी ?

  • समाचार
  • भाद्र ६, २०८० बुधवार ११:४२ बजे
  • 622
    SHARES
  • धनगढी । नेकपा माओवादी केन्द्र सुदूरपश्चिममले नेता कार्यकर्ताको  कार्य विभाजन गरेको छ ।   माओवादी केन्द्र सुदूरपश्चिम प्रदेशको पूर्ण बैठकले ३ महिने जनतासँग माओवादी, विशेष रुपान्तरण अभियान अन्तरगत कार्यविभाजन गरेकाे हो ।

    बैठकको निर्णयअनुसार प्रदेश इन्चार्ज खगराज भट्टलाई व्यवस्थापन कार्यालय समितिको जिम्मेवारी दिइएको छ । जसको सदस्यमा प्रदेश अध्यक्ष हरिराम चौधरी, केन्द्रीय सदस्य त्रिलोचन भट्ट, झपट साउद र रमेशसिंह धामी छन् ।

    प्रचार प्रसार कार्यालय समितिको जिम्मा केन्द्रीय सदस्य ओमविक्रम भाटलाई दिइएको छ । जसको सदस्यमा दीपेन्द्र रावल, लोक बहादुर बोहरा, जनक बुढा र अंजित श्रेष्ठ छन् ।

    त्यस्तै बैठकले केन्द्रीय सदस्यहरूको कार्यक्षेत्र सँगै जिल्ला इन्चार्जहरू पनि तोकेको छ ।

    कैलाली इन्चार्जमा टेकेन्द्र भट्ट, कञ्चनपुर इन्चार्जमा वीरमान चौधरी, डडेल्धुरा इन्चार्जमा हरि ज्ञवाली, बैतडीमा रामप्रसाद तिमिल्सेना, दार्चुलामा नरेन्द्र कुवर, बझाङमा लालबहादुर सोडारी, बाजुरामा देवकी मल्ल, अछाममा ओमप्रकाश पुन र डोटीमा लक्ष्मीराम आचार्यलाई इन्चार्ज तोकिएको हो ।

    sudur.png

     

    श्रोत : रातोपाटी


    Investigation Journalism

    सम्बन्धित समाचार

    Copyright © All right reserved to investigationjournalism.com Site By: SobizTrend