Logo

बिहिवार, कार्तिक १३ गते २०८३

मानवसेवा आश्रममा आश्रितको मृत्यु

मानवसेवा आश्रममा आश्रितको मृत्यु

  • समाचार
  • आश्विन २५, २०८२ शनिवार १३:४४ बजे
  • 721
    SHARES
  • मानवसेवा आश्रममा आश्रितको मृत्यु

    सुरुङ्गा (झापा), २५ असोजः मानवसेवा आश्रममा आश्रित एक व्यक्तिको मृत्यु भएको छ । मानवसेवा आश्रम झापाको मेचीनगर नगरपालिका–४ मा सञ्चालित छ ।

    शिवसताक्षी नगरपालिकाले उद्धार गरेर पठाएका ५३ वर्षीया आश्रेफुल मुस्लिमको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिनुभयो । उहाँको आश्रममा सुतिरहेको अवस्थामा मृत्यु भएको प्रहरीले जनाएको छ ।

    असोज २० गते उहाँलाई शिवसताक्षी नगरपालिकाले उद्धार गरी मानवसेवा आश्रममा पठाएको थियो । योसँगै करिब एक वर्षको अवधिमा मानवसेवा आश्रममा ११ जना आश्रितको मृत्यु भइसकेको छ ।

     

    R.S.S


    Investigation Journalism

    सम्बन्धित समाचार

    Copyright © All right reserved to investigationjournalism.com Site By: SobizTrend