Logo

बिहिवार, कार्तिक १३ गते २०८३

हमासको कब्जामा रहेका कञ्चनपुरका जोशी जीवित नरहेको पुष्टि

हमासको कब्जामा रहेका कञ्चनपुरका जोशी जीवित नरहेको पुष्टि

  • समाचार
  • आश्विन २८, २०८२ मंगलवार ०७:२६ बजे
  • 355
    SHARES
  • हमासको कब्जामा रहेका कञ्चनपुरका जोशी जीवित नरहेको पुष्टि

    काठमाडौँ, २८ असोजः विगत दुई वर्षदेखि प्यालेस्टाइनी समूह हमासको कब्जामा रहेका कञ्चनपुरका विपीन जोशी जीवित फर्कने आशा करिब निराशामा परिणत भएको छ । इजरायलका अधिकारीले जोशी जीवित नरहेको पुष्टि गरेका इजरायलस्थित नेपाली दूतावासले जनाएको छ ।

    इजरायली अधिकारीले नेपाली राजदूतावासलाई सम्पर्क गरेर जोशी जीवित नभएको जानकारी दिएका नेपाली दूतावासले उल्लेख गरेको छ । हमास समूहले इजरायलको किबुल आलुमिमबाट विसं २०८० असोज २३ मा जोशीलाई अपहरण गरेको थियो ।

    नेपालका लागि इजरायलका पूर्वराजदूत हनान गोदरले पनि जोशी जीवित नरहेको सामाजिक सञ्जालमार्फत पुष्टि गर्नुभएको छ । उहाँले सामाजिक सञ्जालका लेख्नुभएको छ, “विपीन जोशी अब हामीमाझ रहनुभएन । दुई वर्षको आशा अब समाप्त भएको छ ।”

    इजरायली सञ्चारमाध्यमले पनि जोशी जीवित नरहेको स्पष्ट पारेका छन् । जोशी सन् २०२३ मा ‘लर्न एण्ड अर्न’ कार्यक्रमअन्तर्गत कृषि तालिमका लागि इजरायल जानुभएको थियो ।

     

    R.S.S


    Investigation Journalism

    सम्बन्धित समाचार

    Copyright © All right reserved to investigationjournalism.com Site By: SobizTrend