Logo

शनिवार, कार्तिक १५ गते २०८३

असोजमै फुल्यो ‘पलम’

असोजमै फुल्यो ‘पलम’

  • समाचार
  • आश्विन ३०, २०८२ बिहिवार ०७:३३ बजे
  • 739
    SHARES
  • असोजमै फुल्यो ‘पलम’

    तुलसीपुर (दाङ), ३० असोज : दाङको तुलसीपुर उपमहानगरपालिका–१९ छिल्लीकोटमा असोजमै पलमको फूल फुलेको छ । स्थानीय पूर्णबहादुर पुनको घरमा लगाइएको पलम असोजको १५ गतेदेखि फुल्न थालेको हो ।

    विगतमा फागुन÷चैतमा फुल्ने गरेको भए पनि यसवर्ष भने असोजमै पलम फुल्न थालेकाले आफूहरू अच्चमित भएको स्थानीय प्रविर पुनले बताउनुभयो । “विगतमा फागुन÷चैतमा फूल फुल्थ्यो । यसवर्ष भने असोजमै फुल्न थालेको छ”, उहाँले भन्नुभयो ।

    यहाँ प्रायःसबै घरमा पलमका बोट छन् । तीमध्ये पुनले लगाएको फूल फुल्न थालेको हो । गएको वर्ष पनि छिल्लीकोटमा पुसमै काफल पाकेको थियो । वनस्पतिविज्ञ खेमराज शर्मा यसरी समयभन्दा अगाडि फुल्नु जलवायु परिवर्तनको असर रहेको बताउनुहुन्छ । “तापक्रम उच्च हुँदा यसरी समयभन्दा अघि फुल्ने हुन्छ । हाल हरेक वनस्पतिमा यस्तै समस्या देखिएको छ”, उहाँले भन्नुभयो ।

     

    R.S.S


    Investigation Journalism

    सम्बन्धित समाचार

    Copyright © All right reserved to investigationjournalism.com Site By: SobizTrend