Logo

शनिवार, कार्तिक १५ गते २०८३

मालपोत कार्यालय कास्कीद्वारा आजदेखि सेवा सुरु

मालपोत कार्यालय कास्कीद्वारा आजदेखि सेवा सुरु

  • समाचार
  • आश्विन ३०, २०८२ बिहिवार १३:१४ बजे
  • 811
    SHARES
  • मालपोत कार्यालय कास्कीद्वारा आजदेखि सेवा सुरु

    गण्डकी, ३० असोजः जेनजी प्रदर्शनका क्रममा आगजनी एवं तोडफोडबाट क्षतिग्रस्त मालपोत कार्यालय कास्कीले आजदेखि सेवा सुरु गरेको छ ।

    कार्यालयले अत्यावश्यकीय सेवाका साथै नियमित सेवा सुरु गरेको मालपोत अधिकृत शोभाखर पोख्रेलले जानकारी दिनुुभयो । कार्यालय क्षतिग्रस्त भएपछि यहाँस्थित सेवाग्राहीलाई प्रतिक्षालयबाट सेवा दिन सुरु गरिएको जानकारी दिँदै उहाँले अत्यावश्यक सेवा भनिए पनि सेवाग्राहीलाई सकेसम्म सबै सेवा उपलब्ध गराइने उद्देश्य राखिएको बताउनुुभयो ।

    कार्यालयमा रहेका झण्डै ८० प्रतिशत कागजात पूर्ण रूपमा नष्ट भएकाले समस्या भएको उहाँको भनाइ छ । आन्दोलनका क्रममा कार्यालयमा रहेकामध्ये पोखरा महानगरपालिका–११, १२, १३ सहित मौजा, हेम्जाका कागजात जोगिए पनि अन्य सबैजसो वडाका कागजातहरू डढेको उहाँले जानकारी दिनुुभयो ।

     

    R.S.S


    Investigation Journalism

    सम्बन्धित समाचार

    Copyright © All right reserved to investigationjournalism.com Site By: SobizTrend