Logo

शनिवार, कार्तिक १५ गते २०८३

ज्योतिपुञ्ज कपको उपाधि आयोजकलाई

ज्योतिपुञ्ज कपको उपाधि आयोजकलाई

  • समाचार
  • कार्तिक ५, २०८२ मंगलवार १९:१५ बजे
  • 466
    SHARES
  • ज्योतिपुञ्ज कपको उपाधि आयोजकलाई

    रामपुर (पाल्पा), ४ कात्तिकः पाल्पाको रामपुर नगरपालिकामा सञ्चालन भएको जिल्लाकै सर्वाधिक राशिको तेस्रो ज्योतिपुञ्ज कपको उपाधि आयोजक ज्योतिपुञ्ज युवा क्लबले जितेको छ ।

     फाइनल खेलमा दोस्रो संस्करणको विजेता युनाइटेड युथ क्लब गिरुबारी, नवलपुरलाई १–० गोलअन्तरले पराजित गर्दै ज्योतिपुञ्जले तेस्रो संस्करणको उपाधि प्राप्त गरेको हो । फाइनल खेलमा ज्योतिपुञ्जले सुमित श्रेष्ठको गोलको मद्दतमा उपाधि जित्न सफल भएको हो । 

     विजेता ज्योतिपुञ्जले रु तीन लाख ५० हजार र उपविजेता युनाइटेड युथ क्लबले रु दुई लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको खेल संयोजक अनिल शाहीले जानकारी दिए । सेमिफाइनलमा पराजित अभिषेक चर्च रजहर र देवदह ब्वाइजले रु २५÷२५ हजार पाए । 

     प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी ज्योतिपुञ्जका आशिष गुरुङ, उत्कृष्ट गोलकिपर ज्योतिपुञ्जकै सरोज तामाङ, उत्कृष्ट डिफेन्डर युनाइटेडका सुमित मल्लाह, सर्वाधिक गोलकर्ता देवदह ब्वाइजका आशिष जिसी, उदियमान खेलाडी युनाइटेडका यामप्रसाद बुढा र उत्कृष्ट प्रशिक्षक ज्योतिपुञ्जका केशवराज श्रेष्ठ घोषित भए ।

     समापन समारोहमा रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापाले प्रतियोगिताले नयाँ खेल प्रतिभालाई आकर्षित गरेको बताए । किसानबारीमा रङ्गशाला निर्माण गर्न नगरपालिकाले रु दुई करोड विनियोजन गरेको उहाँले जानकारी दिए । 

     

    R.S.S


    Investigation Journalism

    सम्बन्धित समाचार

    Copyright © All right reserved to investigationjournalism.com Site By: SobizTrend