Logo

आइतवार, कार्तिक १६ गते २०८३

मुलुकमा निर्वाचनको विकल्प छैन : वरिष्ठ अधिवक्ता त्रिपाठी

मुलुकमा निर्वाचनको विकल्प छैन : वरिष्ठ अधिवक्ता त्रिपाठी

  • समाचार
  • कार्तिक १३, २०८२ बुधवार १३:५५ बजे
  • 436
    SHARES
  • मुलुकमा निर्वाचनको विकल्प छैन : वरिष्ठ अधिवक्ता त्रिपाठी

    देवदह (रुपन्देही), १२ कात्तिक ः वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले मुलुकमा निर्वाचनको विकल्प नभएको बताउनुभएको छ । उहाँले भन्नुभयो, “अब मुलुकको पहिलो र सबैभन्दा महत्त्वपूर्ण ‘एजेण्डा’ भनेकै कसरी निर्वाचन सम्पन्न गराउने रहेको छ ।”

    रुपन्देहीको भैरहवामा आयोजित वर्तमान जटिल राजनीतिक परिदृश्यको निकास एवं व्यवस्थापनमा नागरिक समाजको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा वरिष्ठ अधिवक्ता त्रिपाठीले निर्वाचन शान्तिपूर्ण र धाँधलीरहित हुनुपर्नेमा जोड दिनुभयो ।

    “आमनागरिक र मतदाताको मतदान केन्द्रमा पहुँच सुनिश्चित हुनुपर्छ, ढुक्क भएर मतदान गर्ने वातावरण बन्नुपर्छ”, उहाँले भन्नुभयो, “सरकारले निर्वाचनको वातावरण बनाउन केही आधारभूत कुराहरू गर्न जरुरी छ ।” उहाँले पहिलो कुरा भनेकै जनतालाई पत्यार लाग्ने गरी सरकारले विश्वासको वातावरण बनाउनुपर्ने बताउनुभयो ।

    “विगतका सरकारहरू जतिसुकै निर्वाचनबाट आएको भनिए पनि जनताको चाहनाअनुसार काम भइरहेको थिएन”, उहाँले भन्नुभयो, “जनताले सुशासन, विकास, समृद्धिका लागि मत दिएका थिए । तर मुलुकमा जनताको ‘म्याण्डेट’ नै अपरहित गरियो ।”

    वरिष्ठ अधिवक्ता त्रिपाठीले अहिलेको जेनजी आन्दोलनका क्रममा प्राप्त भएका उपलब्धिहरूलाई केही सक्रिय तत्वले विलिन गर्न चाहेको बताउनुभयो ।

    उहाँले अदालतमा केही फाइल जल्दैमा अपराधीले उन्मुक्ति नपाउने स्पष्ट पार्नुभयो । “जति नै फाइल जले पनि उनीहरूले उन्मुक्ति पाउँदैनन्, त्यो फाइल कहीँ न कहीँ छ, हामी वकिलहरूसँग छ”, उहाँले भन्नुभयो, “सरकारवादी मुद्दाको फाइल सरकारी वकिलसँग छ, अर्को निकायमा होला नि, सर्वोच्च अदालतमा मुद्दा छभने त्यसको केही फाइल जिल्ला, उच्च अदालतमा होला नि ?”

     

    R.S.S


    Investigation Journalism

    सम्बन्धित समाचार

    Copyright © All right reserved to investigationjournalism.com Site By: SobizTrend