Logo

शनिवार, कार्तिक १५ गते २०८३

जीप दुर्घटनमा एक जनाको मृत्यु, चार घाइते

जीप दुर्घटनमा एक जनाको मृत्यु, चार घाइते

  • समाचार
  • कार्तिक १४, २०८२ बिहिवार ०७:११ बजे
  • 388
    SHARES
  • जीप दुर्घटनमा एक जनाको मृत्यु, चार घाइते

    दशरथचन्द(बैतडी), १३ कात्तिकः जिल्लाको शिवनाथबाट मेलालीतर्फ आइरहेको से १ ज ७३२ नम्बरको जीप मेलौली नगरपालिका–७ स्वाखानीमा गए राति दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।

    गम्भीर घाइते भएका मेलाली नगरपालिका–२ की २३ वर्षीय तुलसी पाण्डेयको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका क्रममा केहीबेर अघि मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता बल्देव बडूले बताउनुभयो । अन्य घाइतेहरुलाई थप उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको छ ।

     

    R.S.S


    Investigation Journalism

    सम्बन्धित समाचार

    Copyright © All right reserved to investigationjournalism.com Site By: SobizTrend