Logo

बुधवार, कार्तिक १२ गते २०८३

हिमालय एयरलाइन्सद्वारा काठमाडौँ–छिन्ताओ उडान सुरु

हिमालय एयरलाइन्सद्वारा काठमाडौँ–छिन्ताओ उडान सुरु

  • समाचार
  • भाद्र २४, २०८० आइतवार १०:१८ बजे
  • 550
    SHARES
  • काठमाडौँ । हिमालय एयरलाइन्सले चीनमा आफ्नो गन्तव्य विस्तार गर्दै आइतबारदेखि छिन्ताओमा नियमित उडान सुरु गरेको छ । पयर्टनमन्त्री सुदन किराती, नेपालका लागि चिनियाँ राजदूत चेन सोङ र हिमालय एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले एक कार्यक्रमबीच पहिलो उडानलाई बिदाइ गरेका हुन् ।

     

    कार्यक्रममा बोल्दै पयर्टनमन्त्री किरातीले नेपाल–चीन सम्बन्धलाई अझ प्रगाढ र परिष्कृत पारेर लान नेपाल सरकार लागि परेको जिकिर गरे । काठमाडौँ–छिन्ताओ उडानले यसलाई सहयोग गर्ने आशा व्यक्त गरे । त्यस्तै, उपाध्यक्ष श्रेष्ठले चीनमा पर्यटन प्रवर्द्धनका लागि आफूहरूले यो उडान सुरुवात गरेको जानकारी दिए । पहिलो उडानमा ११४ जना यात्रु रहेको जसमा ३० जना नेपाली र ८४ जना चिनियाँ नागरिक रहेको उपाध्यक्ष श्रेष्ठको भनाई छ । 

     

    छिन्ताओ चीनको पर्यटकीय गन्तव्य हो । तर, आजसम्म त्यहाँबाट काठमाडौँ आउने सिधा उडान थिएन । कम्पनीले सुरुमा सातामा एउटा उडान गर्नेछ । 

     

    हिमालय एयरलाइन्सले चीनलाई लक्षित गर्दै उडानहरू गर्दै आएको छ । सन् २०१९ मा बेइजिङबाट पहिलो नियमित उडान सुरु गरेको कम्पनीले हाल चीनका पाँच स्थानमा नियमित उडान भर्दै आएको छ । एयरलाइन्सले चीनबाहेक दुबई, मलेसिया, कतार, साउदी अरेबिया लगायतका गन्तव्यमा पनि उडान गर्दै आएको छ ।

    himalyan-air_bHIGjEp8jh.jpg

     

    श्रोत : रातोपाटी


    Investigation Journalism

    सम्बन्धित समाचार

    Copyright © All right reserved to investigationjournalism.com Site By: SobizTrend