Logo

शनिवार, कार्तिक १५ गते २०८३

निःशुल्क स्वास्थ्य शिविरबाट ८२६ महिला लाभान्वित

निःशुल्क स्वास्थ्य शिविरबाट ८२६ महिला लाभान्वित

  • समाचार
  • कार्तिक १५, २०८२ शुक्रवार १३:३१ बजे
  • 343
    SHARES
  • निःशुल्क स्वास्थ्य शिविरबाट ८२६ महिला लाभान्वित

    ढोरपाटन (बागलुङ), १४ कात्तिकः रोटरी क्लबको आयोजनामा बुर्तिबाङमा महिलाका निम्ति सञ्चालित चारदिने निःशुल्क स्वास्थ्य शिविर बिहीबार सम्पन्न भएको छ । शिविरबाट ८२६ जना लाभान्वित भएका छन् ।

    रोटरी क्लब अफ बुर्तिबाङका अध्यक्ष ध्रुव सुवेदीका अनुसारशिविरमा पाठेघर खसेका, पाठेघरको मुख तथा स्तनसम्बन्धी समस्या भएका बिरामीको परीक्षण तथा उपचार गरिएको छ । शिविरान ३८४ जनाको पाठेघर परीक्षण तथा १४ जनाको पाठेघरको शल्यक्रिया गरिएको छ ।

    स्वास्थ्य परीक्षणका निम्ति शिविरमा ढोरपाटन नगरपालिका, बडिगाड, निसीखोला, तमानखोला गाउँपालिकासहित छिमेकी जिल्ला गुल्मी र रुकुमबाट पनि बिरामी आएका थिए ।

     

    R.S.S


    Investigation Journalism

    सम्बन्धित समाचार

    Copyright © All right reserved to investigationjournalism.com Site By: SobizTrend