निरन्तरको वर्षाले भोजपुरका किसानको वर्षभरको मेहनत र पसिनामा क्षति पु¥याएको छ। थन्काउनका लागि काटिएको धान खेतमै कुहिन थालेपछि किसानहरू आर्थिक तथा मानसिक दुवै संकटमा परेका हुन् ।
नकाटिएको धान पनि लडेका कारण किसान थप चिन्तामा परेका छन् । वर्षातले किसानलाई धेरै ठूलो क्षति पु¥याएको पौवादुङमा २ का किसान राजन ढकालले बताउनुभयो । धान थन्काउने मुख्य सिजनमा भएको निरन्तरको वर्षातले किसानहरु समस्या परेको उहाँको भनाइ छ।
ढकालका अनुसार वर्षातले धान मात्र होइन, पशुचौपायाको लागि राखिने पराल पनि बिग्रँदै गएको छ। किसानहरुको वर्षभरिको मेहनत वर्षातले सखाप पारिदिएको अर्का स्थानीय किसान रुपनारायण फुयालले बताउनुभयो ।
थन्काउने अवस्थामा रहेको थानमा क्षति पुगेपछि किसानहरुले ठूलो पिडा भोग्नु परेको उहाँको भनाइ छ। वर्षाले काटेर खेतमै सुकाएको धानको पाँजा रुझाएको र काट्न ठिक्क परेको धान समेत खेतमा लडेको किसानको भनाइ छ ।
RSS