Logo

शनिवार, कार्तिक १५ गते २०८३

तोरण तारेर एकादशी पर्व मनाउँदै श्रद्धालुहरु

तोरण तारेर एकादशी पर्व मनाउँदै श्रद्धालुहरु

  • समाचार
  • कार्तिक १६, २०८२ शनिवार १९:५३ बजे
  • 658
    SHARES
  • तोरण तारेर एकादशी पर्व मनाउँदै श्रद्धालुहरु

    नवलपुर (नवलपरासी), १५ कात्तिकः ठूलो एकादशी भनी चिनिने कार्तिक शुक्ल एकादशी अर्थात हरिबोधनी एकादशी पर्वका क्रममा नवलुरका विभिन्न तीर्थस्थलमा फूलको डोली एवम् तोरण तारिएको छ । 
    एकादशीको क्रममा यहाँको नारायणी नदीको पुल, देवघाटलगायतका स्थानमा फूलको डोरी र तोरण तारिएको छ । तोरण तार्नका लागि जिल्लाका विभिन्न स्थानबाट भक्तजनहरुको ठूलो भीड लागेको छ । हरिबोधिनी एकादशीका अवसरमा आज बिहानैदेखि श्रद्धालुहरु फूलको डोला, बाजागाजाका साथ नदी किनारमा पुगेका थिए । 
    यस पर्वको अवसरमा तुलसीको मठ नजिकै विष्णुको प्रतीकका रुपमा निगाला वा बाँसको लिङ्गो गाडेर विधिपूर्वक पूजा गरिन्छ । कात्तिक महिनाभर सबै देवीदेवताको तुलसीमै निवास गर्छन् भन्ने धार्मिक विश्वास छ । आज जिल्लास्थित गैँडाकोटको शिख्रौलीघाट, बुलिङटारको घुमारीघाट, देवचुलीको पिठौलीघाट, केउरेनीघाट, कावासोतीको गुन्द्रहीघाट, मध्यविन्दुको ब्रम्हस्थानघाट, हुप्सेकोटको विष्णुधाम, विनयी त्रिवेणीको बालीघाट, त्रिवेणीलगायतका तीर्थस्थलहरूमा विशेष मेला लागेको छ । 

    RSS


    Investigation Journalism

    सम्बन्धित समाचार

    Copyright © All right reserved to investigationjournalism.com Site By: SobizTrend