Logo

आइतवार, कार्तिक १६ गते २०८३

बिर्तामोडबाट एक महिनामा एक करोडको केरा बिक्री

बिर्तामोडबाट एक महिनामा एक करोडको केरा बिक्री

  • समाचार
  • कार्तिक १७, २०८२ आइतवार १३:४० बजे
  • 613
    SHARES
  • बिर्तामोडबाट एक महिनामा एक करोडको केरा बिक्री

    झापा, १६ कात्तिकः बिर्तामोडस्थित कृषि थोक बजारबाट एक महिनाको अवधिमा रु एक करोड पाँच लाख ९० हजार ८०० को केरा बिक्री भएको छ । इलामको दानाबारी, महमाई र झापाको खुदुनाबारी, शनिश्चरे, मेचीनगर, भद्रपुरलगायत स्थानबाट केरा बिक्रीका लागि किसान यहाँ आउछन् ।

    दसैँ, तिहार र छठ पर्वको अवसरमा १९ हजार २५६ घरी केरा औसतमा प्रतिघरी रु ५५० का दरले बिक्री भएको कृषि बजार व्यवस्थापन समितिकी तथ्याङ्क सहायक अधिकृत माया राजवंशीले जानकारी दिनुभयो । उहाँले गत असोज १० गतेदेखि कात्तिक १२ गतेसम्ममा सो मात्रामा केरा बिक्री भएको बताउनुभयो ।

    उहाँका अनुसार यहाँबाट विराटनगर, जनकपुर, काठमाडौँलगायत स्थानमा न्यूनतम रु ३०० देखि अधिकतम रु ८०० सम्ममा मालभोक, भण्डारी, जाहजी र चिनीचम्पा केरा जाने गरेको छ । उहाँले दसैँ र तिहारमा भन्दा बढी छठपर्वमा केरा बिक्री भएको बताउनुभयो ।

    यहाँ ठूलो व्यापारिक केन्द्रका रूपमा रहेको उक्त थोक बजारमा ताप्लेजुङ, पाँचथर, इलामलगायत पहाडी जिल्लामा उत्पादित कृषिजन्य वस्तुको विषादी मापन गर्ने प्रयोगशाला पनि छ । तथ्याङ्क सहायक अधिकृत राजवंशीले यहाँ आएका फलफूल, तरकारीलगायत कृषिजन्य वस्तुको विषादी चेकजाँचपछि मात्र खानयोग्यलाई बजार पठाउने गरिएको जानकारी दिनुभयो ।

     

    R.S.S


    Investigation Journalism

    सम्बन्धित समाचार

    Copyright © All right reserved to investigationjournalism.com Site By: SobizTrend