Logo

शनिवार, कार्तिक १५ गते २०८३

तनहुँमा दोस्रो व्यक्तिमा मलेरियाको सङ्क्रमण

तनहुँमा दोस्रो व्यक्तिमा मलेरियाको सङ्क्रमण

  • समाचार
  • कार्तिक १८, २०८२ सोमवार १५:३२ बजे
  • 346
    SHARES
  • तनहुँमा दोस्रो व्यक्तिमा मलेरियाको सङ्क्रमण

    दमौली (तनहुँ), १७ कात्तिक : तनहुँमा दोस्रो व्यक्तिमा मलेरियाको सङ्क्रमण पुष्टि भएको छ । भानु नगरपालिका–११ का ३८ वर्षीय पुरुषमा मलेरियाको सङ्क्रमण पुष्टि भएको हो ।

    शान्ति सेना गएर फर्किएका ती युवामा मलेरियाको सङ्क्रमण पुष्टि भएको प्रदेश जनस्वास्थ्य कार्यालय तनहुँका सूचना अधिकारी सुदीप कँडेलले जानकारी दिनुभयो । प्रदेश जनस्वास्थ्य कार्यालय, भानु नगरपालिका स्वास्थ्य शाखा, रूपाकोट स्वास्थ्यचौकीका स्वास्थ्यकर्मीले आइतबार समुदायस्तरमा पुगेर उक्त रोगको सक्रिय खोजपड्ताल कार्यक्रम सञ्चालन गरेको कँडेलले बताउनुभयो ।

    उहाँले भन्नुभयो, “शान्ति सेनाबाट फर्किएपश्चात् परीक्षण गर्दा मलेरियाको सङ्क्रमण पुष्टि भएको थियो । औषधि उपचारपश्चात् हाल उहाँ सन्चो हुनुभएको छ ।” यसअघि गत साउन महिनामा बन्दीपुरका एक व्यक्तिमा मलेरियाको पहिलो सङ्क्रमण देखिएको थियो ।

    मलेरिया एनाफिलिज जातको लामखुट्टेको टोकाइबाट हुने रोग हो । ज्वरो आउनु, टाउको दुख्नु, धेरै थकान हुनु, पसिना धेरै आउनु यस रोगका लक्षण हुन् ।

     

    R.S.S


    Investigation Journalism

    सम्बन्धित समाचार

    Copyright © All right reserved to investigationjournalism.com Site By: SobizTrend