Logo

शनिवार, कार्तिक १५ गते २०८३

पाङबारी हिमाल चढ्न गएका दुई आरोहीको शव फेला

पाङबारी हिमाल चढ्न गएका दुई आरोहीको शव फेला

  • समाचार
  • कार्तिक १९, २०८२ मंगलवार १४:५० बजे
  • 742
    SHARES
  • पाङबारी हिमाल चढ्न गएका दुई आरोहीको शव फेला

    गोरखा, १८ कात्तिकः गोरखास्थित पाङबारी हिमालमा विगत पाँच दिनदेखि बेपत्ता दुई इटालियन आरोहीको शव फेला परेको छ ।

    पाङबारी हिमालको पहिलो शिविरमा इटालीका ६७ वर्षीय स्तेफानो फरिनातो र ३७ वर्षीय अलेस्सान्द्रो गापुटोको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिनुभयो । दुवै जनाको शव हिउँले पुरिएको अवस्थामा फेला परेको उहाँले बताउनुभयो ।

    आरोहीको शव हेलिकोप्टरमार्फत सामागाउँ ल्याइएको छ । पाङबारीे हिमालबाट फर्कने क्रममा तीन इटालियन नागरिक र एक नेपाली सहयोगी गत बुधबारदेखि पहिलो शिविर र आधार शिविरमा अलपत्र परेका थिए । फरिनातो र गापुटो हिमाल आरोहण गर्न नसकेपछि फर्कने क्रममा हिमपातका कारण अलपत्र परेका बताइएको छ ।

    उनीहरुसँगै अलपत्र परेका इटालियन नागरिक ६५ वर्षीय भेल्टर परलिनोको भने गत आइतबार हेलिकोप्टरबाट उद्धार गरिएको प्रहरी नायव उपरीक्षक श्रेष्ठले बताउनुभयो । उनको साथमा रहेका नेपाली नागरिक पेम्बा रेञ्जी शेर्पा, दावा छिरी शेर्पा र पासाङ तामाङको पनि सोही दिन हेलिकोप्टरबाट उद्धार गरी उपचारका काठमाडौँ पठाइएको उहाँले बताउनुभयो । (तस्बिर सौजन्य जिल्ला प्रहरी कार्यालय गोरखा)

     

    R.S.S


    Investigation Journalism

    सम्बन्धित समाचार

    Copyright © All right reserved to investigationjournalism.com Site By: SobizTrend