Logo

शनिवार, कार्तिक १५ गते २०८३

सरकारी जमिनमा व्यावसायिक मुङखेती

सरकारी जमिनमा व्यावसायिक मुङखेती

  • समाचार
  • कार्तिक २१, २०८२ बिहिवार १३:२५ बजे
  • 328
    SHARES
  • सरकारी जमिनमा व्यावसायिक मुङखेती

    राँझा (बाँके), २० कात्तिकः कृषिमा किसानलाई प्रोत्साहन गर्ने उद्देश्यले खजुरा गाउँपालिका–२ वडा कार्यालयले सरकारी जमिन व्यावसायिक खेती थालेको छ ।

    अभियानका रुपमा मुङखेतीको गरिएको बताउँदै वडाध्यक्ष धनराम ओलीले त्यो सफल भएको जानकारी दिनुभयो । हाल १८ कट्ठा जमिनमा मुङखेती गरिएको छ ।

    हाल उक्त वडावासी मुङखेतीतर्फ आकर्षित भएका छन् । कृषि अभियान मुङखेतीमा मात्र सीमित छैन टनेल बनाएर च्याउको व्यावसायिक उत्पादन पनि भएको छ ।

    वडा कार्यालयले आँप, कटहर, अम्बा, कागतीलगायत अमिला फलका बिरुवा हुर्काइरहेको छ । साथै खाली जमिनमा राजमा र तोरीखेती गरिएको छ ।

     

    R.S.S


    Investigation Journalism

    सम्बन्धित समाचार

    Copyright © All right reserved to investigationjournalism.com Site By: SobizTrend