Logo

शनिवार, कार्तिक १५ गते २०८३

महोत्तरीका ११ वटा सीमानाका ७२ घण्टाका लागि सिल गरिने

महोत्तरीका ११ वटा सीमानाका ७२ घण्टाका लागि सिल गरिने

  • समाचार
  • कार्तिक २३, २०८२ शनिवार १४:०९ बजे
  • 625
    SHARES
  • महोत्तरीका ११ वटा सीमानाका ७२ घण्टाका लागि सिल गरिने

    जलेश्वर (महोत्तरी), २२ कात्तिकः भारतको विहार राज्यमा आगामी मङ्गलबार हुन लागेको विधानसभा निर्वाचनलाई लक्षित गरी महोत्तरी जिल्लासँग जोडिएका ११ वटा सीमानाका आजदेखि ७२ घण्टाका लागि बन्द गरिने भएको छ ।

    भारतको विहार राज्यको विभिन्न विधानसभाको सिटमा यही कात्तिक २५ गते हुन लागेको दोस्रो चरणको निर्वाचनलाई लक्षित गरी आज साँझ ६ बजेदेखि कात्तिक २५ गते साँझ ६ बजेसम्मका लागि महोत्तरीसँग जोडिएका सबै सीमानाका बन्द गरिनुका साथै उच्च सतर्कता अपनाइने महोत्तरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताउनुभयो ।

    जिल्ला प्रशासन कार्यालय महोत्तरीले एक सूचना जारी गर्दै शान्ति सूरक्षा व्यवस्थापनका लागि नेपाल–भारत सीमानाकामा मानवीय आकस्मिक सेवाबाहेकका आवागमन पूर्ण रुपमा बन्द गरिने भएको जानकारी दिएको छ ।

     

    R.S.S


    Investigation Journalism

    सम्बन्धित समाचार

    Copyright © All right reserved to investigationjournalism.com Site By: SobizTrend