Logo

शनिवार, कार्तिक १५ गते २०८३

टिकट बिक्रीबाटै ५८ लाख आम्दानी

टिकट बिक्रीबाटै ५८ लाख आम्दानी

  • समाचार
  • कार्तिक २६, २०८२ मंगलवार १५:३३ बजे
  • 295
    SHARES
  • टिकट बिक्रीबाटै ५८ लाख आम्दानी

    दमक (झापा), २५ कात्तिक : यहाँको शिवसताक्षीस्थित दूधे रङ्गशालामा आयोजित एलभिडी झापा महिला गोल्डकपमा टिकट बिक्रीबाटै रु ५८ लाख तीन हजार आम्दानी भएको छ ।

    आयोजक समितिका अध्यक्ष सन्तोष थोप्राका अनुसार फाइनल खेलमा मात्र रु ३० लाख दुई हजार ४०० को टिकट बिक्री भएको हो । पहिलो सेमिफाइनलमा नै रु पाँच लाख ५० हजार ७०० र अन्तिम सेमिफाइनल खेलमा रु ११ लाख पाँच हजार ५०० बराबरको आम्दानी भएको आयोजकले जनाएको छ ।

    पछिल्लो समय महिला फुटबलप्रति आकर्षण बढेका कारण पनि दर्शकको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको अध्यक्ष थोप्राले बताउनुभयो ।

     

    R.S.S


    Investigation Journalism

    सम्बन्धित समाचार

    Copyright © All right reserved to investigationjournalism.com Site By: SobizTrend