Logo

बुधवार, कार्तिक १२ गते २०८३

एमाले बागमतीको निर्वाचन : उम्मेदवारहरु भोट माग्न व्यस्त

एमाले बागमतीको निर्वाचन : उम्मेदवारहरु भोट माग्न व्यस्त

  • समाचार
  • आश्विन ११, २०८० बिहिवार १२:४३ बजे
  • 1.2K
    SHARES
  • एमाले बागमतीको निर्वाचन : उम्मेदवारहरु भोट माग्न व्यस्त

    काठमाडौँ । नेकपा एमाले बागमती प्रदेशको नयाँ नेतृत्व चयनका लागि बिहीबार बिहान ८ बजेदेखि सुरु हुने भनिएको मतदान तोकिएको समयमा सुरु

     हुन सकेको छैन । निर्वाचन समितिले ठोस जानकारी नदिँदा कतिबेलादेखि मतदान सुरु हुने भन्नेमा अन्योलता देखिएको प्रतिनिधिहरुको भनाइ छ ।

    बिहीबार बिहान प्रारम्भिक नामावली सार्वजनिक गर्ने, त्यसपछि अन्तिम नामावली प्रकाशित गरेर मतदान गर्ने पूर्वनिर्धारित तालिका अनुसार निर्वाचन कार्यक्रम अघि बढ्न नसकेको हो ।  

    बुधबार पार्टीको केन्द्रीय कार्यालय च्यासलमा उम्मेदवारहरूको मनोनयन दर्ता गरिएको थियो । अध्यक्ष पदका लागि मात्रै पाँच जनाले उम्मेदवारी दर्ता गराएका छन् । कृष्णप्रसाद दाहाल, केदारबहादुर बुढाथोकी, कैलाश प्रसाद ढुंगेल, सानु कुमार श्रेष्ठ र केशवराज पाण्डे अध्यक्षका आकाङ्क्षी देखिएका छन् । प्रदेश अधिवेशनको मतदान ४० वटा विद्युतीय मेसिनमार्फत गर्ने तयारी छ । 

    यसैबीच मतदानको अन्योलताका बीच उम्मेदवारहरु च्यासल परिसरमा चुनाव प्रचारप्रसारमा व्यस्त देखिन्छन् । अध्यक्षदेखि अन्य पदका उम्मेदवारहरु आफ्नो पक्षमा माहोल बनाउन भोट माग्न व्यस्त बनेका हुन् । 

    IMG_20230928_124824.jpg

     

    श्रोत: रातोपाटी 

     


    Investigation Journalism

    सम्बन्धित समाचार

    Copyright © All right reserved to investigationjournalism.com Site By: SobizTrend