Logo

शनिवार, कार्तिक १५ गते २०८३

बराहक्षेत्रमा खोरेत रोगविरुद्ध निःशुल्क खोप अभियान सुरु

बराहक्षेत्रमा खोरेत रोगविरुद्ध निःशुल्क खोप अभियान सुरु

  • समाचार
  • कार्तिक २६, २०८२ मंगलवार १५:४१ बजे
  • 754
    SHARES
  • बराहक्षेत्रमा खोरेत रोगविरुद्ध निःशुल्क खोप अभियान सुरु

    धरान (सुनसरी), २५ कात्तिकः बराहक्षेत्र नगरपालिकाले गाईभैँसीमा देखिने खोरेत रोग नियन्त्रणका लागि नगर क्षेत्रभर निःशुल्क खोप अभियान सुरु गरेको छ । ‘गाईभैँसीमा खोरेत रोगविरुद्धको निःशुल्क खोप लगाऔँ, पशुजन्य उत्पादनको निर्यातमा टेवा पु¥याई कृषकलाई आर्थिक रूपमा समृद्ध बनाऔँ’ भन्ने नाराका साथ यही कात्तिक २३ गतेदेखि सुरु गरिएको अभियान आगामी मङ्सिर २३ गतेसम्म नगरका सबै वडामा सञ्चालन हुने नगर प्रमुख रमेश कार्कीले जानकारी दिनुभयो ।

    उहाँले कृषि तथा पशुपालन क्षेत्र नगरको अर्थतन्त्रको महत्वपूर्ण आधार रहेको उल्लेख गर्दै खोरेत नियन्त्रण अभियानले कृषकको उत्पादन वृद्धि, पशु स्वास्थ्य सुरक्षा साथै आयआर्जनमा सकारात्मक प्रभाव पार्ने बताउनुभयो । उहाँले भन्नुभयो, “नगरपालिकाले प्राथमिकता दिएका क्षेत्रमध्ये पशुपालन महत्वपूर्ण छ, हामी कृषकलाई आत्मनिर्भर बनाउँदै कृषिजन्य उत्पादनलाई बजारसम्म पु¥याउने वातावरण निर्माणमा प्रतिबद्ध छौँ ।”

    नगरपालिकाको पशु सेवा शाखाका प्रमुख विमल अधिकारीका अनुसार अभियानबाट नगरभित्र रहेका पशुपालक कृषकलाई खोरेत रोग नियन्त्रणमा ठुलो सहयोग पुग्ने बताउनुभयो । यो अभियान भेटेरिनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्र इनरुवा, उद्योग, कृषि तथा पशुपन्छी मत्स्य विकास निर्देशनालय कोशी प्रदेश विराटनगरको सहयोगमा तथा नगरपालिकाको पशु सेवा शाखा चक्रघट्टी सुनसरीको आयोजनामा सञ्चालन गरिएको उहाँले बताउनुभयो ।

     

    R.S.S


    Investigation Journalism

    सम्बन्धित समाचार

    Copyright © All right reserved to investigationjournalism.com Site By: SobizTrend