Logo

शनिवार, कार्तिक १५ गते २०८३

लैनचौरस्थित स्काउटको जग्गामा निर्मित संरचना भत्काइयो

लैनचौरस्थित स्काउटको जग्गामा निर्मित संरचना भत्काइयो

  • समाचार
  • कार्तिक २८, २०८२ बिहिवार १५:३१ बजे
  • 769
    SHARES
  • लैनचौरस्थित स्काउटको जग्गामा निर्मित संरचना भत्काइयो

    काठमाडौँ, २७ कात्तिकः नेपाल स्काउटको लैनचौरस्थित जग्गामा खड्का ल्याड डेभलपर प्रालिले निर्माण गरेको संरचनालाई काठमाडौँ महानगरपालिकाले भत्काएको छ ।

    स्काउटले बाँकी वक्यौता तिर्न यही कात्तिक २० गते उक्त कम्पनीलाई सातदिने सूचना जारी गरेको थियो । उक्त कम्पनीले बुधबारसम्म बक्यौता नतिरेपछि स्काउटले ती संरचना हटाइदिन काठमाडौँ महानगरपालिकालाई पत्राचार गरेको थियो ।

    स्काउटको अनुरोधमा महानगर प्रहरी बलको टोली आज ती संरचना भत्काएको महानगरीय प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेले राससलाई जानकारी दिनुभयो । स्काउटका जग्गामा रहेका पार्टी प्यालेस, रेष्टुरेन्टलगायत संरचनाको नक्शा पाससमेत नरहेको उहाँले बताउनुभयो ।

     

    R.S.S


    Investigation Journalism

    सम्बन्धित समाचार

    Copyright © All right reserved to investigationjournalism.com Site By: SobizTrend