Logo

बुधवार, कार्तिक १२ गते २०८३

अमेरिकामा नेपालका १६५ जनाको सामूहिक प्रस्तुति, विदेशीदर्शकद्वारा प्रशंसा

अमेरिकामा नेपालका १६५ जनाको सामूहिक प्रस्तुति, विदेशीदर्शकद्वारा प्रशंसा

  • समाचार
  • आश्विन १५, २०८० सोमवार १०:५४ बजे
  • 628
    SHARES
  • अमेरिकामा नेपालका १६५ जनाको सामूहिक प्रस्तुति, विदेशीदर्शकद्वारा प्रशंसा

    वाशिंगटन डिसी । अमेरिकाको राजधानी वाशिंगटन डिसीमा बिश्व साँस्कृतिक उत्सव २०२३ मा नेपालले अत्यन्तै सक्रिय र उत्साहजनक रुपमा सहभागिता जनाउदै बेजोड बिभिन्न जात जातिका नृत्यहरु प्रस्तुत गर्न सफल भएको छ ।

    अमेरिकाको राजधानीमा सेप्टेम्बर २९ देखि अक्टुबर १ आइतबार सम्म आयोजना भएको विश्व साँस्कृतिक उत्सव २०२३ मा १८० राष्ट्रहरुबाट प्रतिनिधित्व गर्दै आफ्नो मौलिक संस्कृतिहरु प्रस्तुति गरेका थिए ।सेप्टेम्बर २९ देखि सुरु भएता पनि नेपालको पालो आइतबार अक्टोबर १ का दिन बिहान १० बजे १६५ जनाले विभिन्न जात जातिकाहरुको भेषभुषामा सामूहिक नृत्य ८ मिनेट भित्र आफ्नो बेजोड प्रस्तुति गरेका थिए ।

    विश्वभरका विभिन्न संस्कृतिहरु बोकेका राष्ट्रहरुलाई एकै थलोमा जम्मा गरि एकै सुत्रमा बाँध्ने पहल आर्ट अफ लिभिङ्गका संस्थापक तथा आध्यात्मिक गुरु श्री श्री रविशंकरले गरेका हुन् । आज नेपालको प्रस्तुति गर्ने पालो १० बजे परेको थियो । नेपालका उद्योगपति तथा सांसद बिनोद चौधरीले नेपालको तर्फबाट नृत्य प्रस्तुतिपछि मन्तब्य राखेका थिए ।

    त्यसपछि नेपालको नृत्य सामूहिक रुपमै नेपालको पहिचानसहित पोशाकमा उत्रिएका विभिन्न जातजातिका समूहले नृत्य प्रस्तुत गरेका थिए । नेपालको नृत्य प्रस्तुतिको विदेशी दर्शकहरुले मुक्त कण्ठले प्रशंसा गरेका छन् । नेपाली नृत्य समूहमा रहेका १६५ जनाले करिव ८ मिनेटभित्र कुमारी नृत्य, लाखे, अष्ट मातृका, नेवारी, गुरुङ, शेर्पा, थारु, तामाङ्ग, झाक्री लगायत नृत्यहरु प्रस्तुत गरिएका थिए ।

    सबै नृत्यका लागि ५ महिनासम्म खटिएर १६५ जनालाई नृत्य तालिम दिने नृत्य निर्देशक यज्ञमान शाक्यले ८ मिनेटभित्रमा नेपालका सबै जातजातिका नृत्यलाई अद्वितीय रुपमा प्रस्तुति गराउँदै विश्व सामु चिनाउन सफल भएका छन् ।

    यसको सबै जिम्मेवार नेपाल शिक्षा तथा सांस्कृतिक केन्द्र (एनइसिसि) मेरिल्याण्डका अध्यक्ष सरोज देवी प्रजापतिले लिएकी थिइन् । प्रजापतिले कार्यक्रममा जोडिने र सहयोग गर्नेप्रति धन्यबाद दिएकी छिन् । कार्यक्रममा नेपाललाई सहभागिता गराउन पहल राजेशबहादुर प्रधान र निभा माथेमा प्रधानले गरेका थिए ।

    ३ दिन चलेको उक्त विश्व संस्कृतिक उत्सवमा १८० राष्ट्रहरुबाट १७ हजार कलाकार सम्मिलित भई ६१ वटा नृत्यहरु प्रस्तुत गरेका थिए । अमेरिकाको मेरिल्याण्ड राज्यमा बस्दै आएका नृत्य प्रशिक्षक यज्ञ मान शाक्यले विगत पाँच महिनादेखि नृत्य टोलीलाई प्रशिक्षण दिएका थिए ।

    निभा माथेमा प्रधानले दिएको जानकारी अनुसार डिसी क्षेत्रमा हुने ’विश्व संस्कृतिक उत्सव २०२३ ’ चौथो संस्करण हो। सन् २००६ मा बैंगलोरमा, दोश्रो संस्करण बर्लिनमा सन २०११, तेश्रो संस्करण २०१६ मा दिल्लीमा आयोजना गरिएको थियो । 

     

    IMG_20231002_105855.jpg

    श्रोत: रातोपाटी 

      

     


    Investigation Journalism

    सम्बन्धित समाचार

    Copyright © All right reserved to investigationjournalism.com Site By: SobizTrend