Logo

बुधवार, कार्तिक १२ गते २०८३

नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखद्वारा आह्वान, पाँच दिनको समयसीमा

नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखद्वारा आह्वान, पाँच दिनको समयसीमा

  • समाचार
  • आश्विन २०, २०८० शनिवार २०:०२ बजे
  • 796
    SHARES
  • नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखद्वारा आह्वान, पाँच दिनको समयसीमा

    विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले राजीनामा दिएसँगै प्रदेश प्रमुख पर्शुराम खापुङले नयाँ सरकार गठनका लागि पाँच दिनको समय दिएर सरकार गठनको आव्हान गरेका छन् । संविधानको धारा १६८ को उपधारा (५) अनुसार नयाँ सरकार गठनको लागि आव्हान गर्दै प्रदेश प्रमुख खापुङले उक्त समय दिएका हुन् । 

    आजै बसेको प्रदेशसभाको बैठकमा मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पदबाट राजीनामा दिएका थिए । विश्वासको मत लिने प्रयोजनका लागि आव्हान भएको प्रदेशसभा बैठकमा विश्वासको मतका लागि बहुमत जुटाउन नसकेपछि कार्कीले राजीनामा दिएका हुन् । उनी गत भदौ २२ गते नेपालको संविधानको धारा १६८ को उपधारा (३) अनुसार सर्वोच्चको परमादेशबाट मुख्यमन्त्री बनेका थिए । 

    प्रदेश प्रमुखले दिएको समयसीमाभित्र उपधारा (५) अनुसार सरकार गठन गर्न नसके प्रदेशसभा विघटन हुनेछ । ९३ सदस्यीय प्रदेशसभामा बहुमत सदस्य (४७) सांसदको समर्थन लिएर जाने कुनै पनि सांसद मुख्यमन्त्री हुने संविधानमा व्यवस्था छ । काँग्रेस, माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) र जसपा आबद्ध गठबन्धन दलहरूले राप्रपासमेतसँग सहमति गरेर नयाँ सरकार निर्माणको कसरत गरिरहेका छन् । यद्यपि मुख्यमन्त्री कुन दललाई हुने र को हुने भन्ने विषयमा भने ती दलहरु अहिलेसम्म अनिर्णीत छन् । मुख्यमन्त्रीबाट राजीनामा दिने क्रममा सहमतिको आव्हान गर्दै एमाले संसदीय दलका नेतासमेत रहेका हिक्मतकुमार कार्कीले अरू दलहरु मिलेको अवस्थामा आफ्नो दल बाँकी अवधि प्रतिपक्षमा बस्न तयार रहेको बताएका थिए ।IMG_20231007_200544.jpg

    श्रोत: रातोपाटी 


    Investigation Journalism

    सम्बन्धित समाचार

    Copyright © All right reserved to investigationjournalism.com Site By: SobizTrend