Logo

बुधवार, कार्तिक १२ गते २०८३

काठमाडौँ महानगर बासीले निःशुल्क रक्त सेवा पाउने

काठमाडौँ महानगर बासीले निःशुल्क रक्त सेवा पाउने

  • समाचार
  • आश्विन २२, २०८० सोमवार २३:२० बजे
  • 727
    SHARES
  • काठमाडौँ महानगर बासीले निःशुल्क रक्त सेवा पाउने

    काठमाडौँ । काठमाडौँ महानगरपालिका बासीले निःशुल्क रक्त सेवा पाउने भएका छन् । महानगरले नेपाल रेडक्रस सोसाईटीको सहकार्यमा महानगर बासीलाई निःशुल्क रुपमा रगत र रक्ततत्व उपलब्ध गराउने भएको हो ।

    महानगर बासीले यो सेवा जुनसुकै अस्पतालमा उपचार गराउँदा पनि पाउन जनाइएको छ । काठमाडौँ महानगर बासी भएको प्रमाण खुल्ने नागरिकता वा बसाइसराइ वा घर जग्गा कर तिरेको कागजात लिएर रेडक्रसको केन्द्रीय कार्यालयमा सम्पर्क गरेपछि निःशुल्क रगत तथा रक्ततत्व उपलब्ध गराइने महानगरले जनाएको छ ।  

    यस्तै महानगरले राजधानीमा रगतको अभाव हुन नदिन आफ्नो स्वास्थ्य केन्द्रहरुमा नियमित रक्तदान कार्यक्रमहरु सञ्चालन गर्ने बताएको छ । 

    सामाजिक तथा गैरसरकारी संघ संस्थाले रक्तदान शिविर संचालन गरेमा त्यस्ता निकायलाई प्रति युनिट दुई सय सञ्चार तथा यातायात खर्च उपलब्ध गराइने बताइएको छ । 

    नेपाल रेडक्रस सोसाइटीलाई रक्त सञ्चार सेवा विना झन्झट, जुनसुकै समयमा बिरामीलाई रगत उपलब्ध गराउने र रगत परीक्षण ग्रुपिङ्ग तथा क्रस म्याचिङ लगायतका कार्यका लागि महानगरले प्रति युनिट १३ सय उपलब्ध गराउने भएको छ । 

    यस्तै महानगरले नेपाल भरिका अति विपन्न नागरिकलाई समेत प्रकोप वा आकस्मिक अवस्थामा रगत उपलब्ध गराउने बताएको छ ।  

    IMG_20231009_232206.jpg

     

    श्रोत: रातोपाटी 

     


    Investigation Journalism

    सम्बन्धित समाचार

    Copyright © All right reserved to investigationjournalism.com Site By: SobizTrend