Logo

शनिवार, कार्तिक १५ गते २०८३

बेँसीसहर–चामे सडक सञ्चालनमा

बेँसीसहर–चामे सडक सञ्चालनमा

  • समाचार
  • मंसिर ६, २०८२ शुक्रवार १६:१५ बजे
  • 796
    SHARES
  • बेँसीसहर–चामे सडक सञ्चालनमा

    लमजुङ, ५ मङ्सिरः पहिरोले अवरुद्ध बेँसीसहर–चामे सडक सञ्चालनमा आएको छ । मनाङको नासोँ गाउँपालिका–१, तालडाँडामा आज बिहान दुई वटा ठूला ढुङ्गासहित पहिरो जाँदा सडक अवरुद्ध भएको थियो ।

    डुम्रे–बेँसीसहर–चामे सडक आयोजनाका सूचना अधिकारी नवीन विष्टका अनुसार सडकमाथिदेखि करिब २० मिटर सडक ओगट्ने गरी सुक्खा पहिरोले गएको थियो । सडक खुलाएसँगै यात्रुहरू गन्तव्यमा जान थालेका छन् ।

    यसअघि बिहीबारसमेत यस सडकखण्डको लमजुङ मस्र्याङ्दी गाउँपालिका–४ मा सडक अवरुद्ध भएकामा रातिदेखि पुनः सञ्चालनमा आएको थियो ।

     

    R.S.S


    Investigation Journalism

    सम्बन्धित समाचार

    Copyright © All right reserved to investigationjournalism.com Site By: SobizTrend