Logo

शनिवार, कार्तिक १५ गते २०८३

वाग्मती करिडोरलाई सुन्दर बनाउन ढल व्यवस्थापनमा जोड

वाग्मती करिडोरलाई सुन्दर बनाउन ढल व्यवस्थापनमा जोड

  • समाचार
  • मंसिर ७, २०८२ शनिवार १४:२१ बजे
  • 259
    SHARES
  • वाग्मती करिडोरलाई सुन्दर बनाउन ढल व्यवस्थापनमा जोड

    काठमाडौँ, ६ मङ्सिरः ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले वाग्मती करिडोरलाई सुन्दर बनाउन ढल व्यवस्थापनमा जोड दिनुभएको छ ।

    आज बिहान वाग्मती नदी करिडोरअन्तर्गत गुह्येश्वरी–गोकर्ण खण्डमा पर्ने गोकर्णेश्वर नगरपालिका–५ जम्बुडाँडा क्षेत्रको अनुगमन गरेपछि उहाँले वाग्मती करिडोर क्षेत्रको ढल व्यवस्थापन, सडक स्तरोन्नति र सरसफाइमा जोड दिनुभएको हो ।

    मन्त्री घिसिङले नदी सफा भए मात्र सहर सफा हुने भन्दै वाग्मतीलाई सफा बनाउन ढल व्यवस्थापन, करिडोरका सडक मर्मत र नदीमा फालिएको फोहर प्राथमिकताका साथ हटाइने बताउनुभयो ।

    नदीको सबै फोहर हटाएर त्यसको चेक बाँधलाई सञ्चालन, सो स्थानमा साना तलाउ बनाएर पर्यटकीय क्षेत्रका रूपमा विकास गर्नेगरी काम भइरहेको मन्त्री घिसिङले जानकारी दिनुभएको उहाँको निजी सचिवालयले जनाएको छ ।

     

    R.S.S


    Investigation Journalism

    सम्बन्धित समाचार

    Copyright © All right reserved to investigationjournalism.com Site By: SobizTrend