Logo

शनिवार, कार्तिक १५ गते २०८३

लुम्बिनीविरुद्ध कर्णालीका मार्क वाटको विस्फोटक शतक

लुम्बिनीविरुद्ध कर्णालीका मार्क वाटको विस्फोटक शतक

  • समाचार
  • मंसिर ७, २०८२ शनिवार १४:३९ बजे
  • 535
    SHARES
  • लुम्बिनीविरुद्ध कर्णालीका मार्क वाटको विस्फोटक शतक

    काठमाडौँ, ६ मङ्सिरः नेपाल प्रिमियर लिग (एनपिएल)को आजको पहिलो खेलमा कर्णाली याक्सका मार्क वाटले लुम्बिनी लायन्सविरुद्ध विस्फोटक ब्याटिङ गर्दै शतक प्रहार गरेका छन् ।

    वाटले ४१ बलमा १०१ रनको विस्फोटक पारी खेलेका छन् । २९ बलमा अर्धतक पूरा गरेका उनले थप १२ बल खेल्ने क्रममा शतक पूरा गरेका हुन् । शतक बनाउने क्रममा उनले १० छक्का र ६ चौका प्रहार गरे ।

    एनपिएलको जारी संस्करणमा यो पहिलो शतक हो । जीतका लागि लुम्बिनी लायन्सले १५७ रनको लक्ष्य पछ्याउने क्रममा वाटले विस्फोटक ब्याटिङ गरेका हुन् ।

     

    R.S.S


    Investigation Journalism

    सम्बन्धित समाचार

    Copyright © All right reserved to investigationjournalism.com Site By: SobizTrend