Logo

शनिवार, कार्तिक १५ गते २०८३

नवलपरासीमा छ हजार मतदाता थपिए

नवलपरासीमा छ हजार मतदाता थपिए

  • समाचार
  • मंसिर १०, २०८२ मंगलवार १४:०५ बजे
  • 301
    SHARES
  • नवलपरासीमा छ हजार मतदाता थपिए

    नवलपरासी(बर्दघाट सुस्ता पश्चिम), ९ मङ्सिरः पश्चिम नवलपरासीमा छ हजार १४० जना मतदाता थपिएका छन् । निर्वाचन कार्यालयका अनुसार तीन हजार २३५ पुरुष र दुई हजार ९०४ जनाले मतदाता नामावलीमा आफ्नो नाम दर्ता गराएका हुन् ।

    राष्ट्रिय परिचयपत्र प्रयोग गरेर पाँच हजार ३८० जनाले नाम दर्ता गराएका छन् । यद्यपि यी नाम आयोगले अद्यावधिक गरिनसकेको निर्वाचन अधिकारी सुजाता खत्रीले बताउनुभयो । कार्यालयले प्रतापपुर र पाल्हीनन्दन गाउँपालिकामा मतदान केन्द्र थप गर्न सिफारिस गरेको राससलाई बताउनुभयो । यसअघि पश्चिम नवलपरासीमा १२० मतदान केन्द्र कायम थिए ।

     

    R.S.S


    Investigation Journalism

    सम्बन्धित समाचार

    Copyright © All right reserved to investigationjournalism.com Site By: SobizTrend