Logo

शनिवार, कार्तिक १५ गते २०८३

दर्ज्यानी चिह्न प्रदान

दर्ज्यानी चिह्न प्रदान

  • समाचार
  • मंसिर १०, २०८२ मंगलवार १४:१४ बजे
  • 493
    SHARES
  • दर्ज्यानी चिह्न प्रदान

    काठमाडौँ, ९ मङ्सिरः मन्त्रिपरिषद्को यही मङ्सिर ५ गतेको निर्णयअनुसार उपरथीमा विशेष बढुवा पाउनुभएका सहायक रथी कृष्णप्रसाद भण्डारीलाई प्रधान सेनापति अशोकराज सिग्देलले आज जङ्गी अड्डामा आयोजित एक कार्यक्रममा उपरथी दर्जाको दर्ज्यानी चिह्न प्रदान गर्नुभएको छ ।

    सोही कार्यक्रममा प्रधान सेनापतिले सहायक रथी र महासेनानीमा पदोन्नति हुनुभएका महासेनानी तथा प्राविधिक प्रमुख सेनानीलाई पनि दर्ज्यानी चिह्न प्रदान गर्नुभएको जन सम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

     

    R.S.S


    Investigation Journalism

    सम्बन्धित समाचार

    Copyright © All right reserved to investigationjournalism.com Site By: SobizTrend