Logo

शनिवार, कार्तिक १५ गते २०८३

राष्ट्रपतिसँग बिदाइ भेट

राष्ट्रपतिसँग बिदाइ भेट

  • समाचार
  • मंसिर १०, २०८२ मंगलवार १४:२१ बजे
  • 325
    SHARES
  • राष्ट्रपतिसँग बिदाइ भेट

    काठमाडौँ, ९ मङ्सिरः राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि साउदी अरबका राजदूत साद अबुहमिदले राष्ट्रपतिभवनमा आज बिदाइ भेट गर्नुभयो ।

    त्यस अवसरमा उहाँहरुबीच नेपाल र साउदी अरबबीचको सम्बन्धका साथै आपसी हित र चासोका विविध विषयमा छलफल भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

    राष्ट्रपति पौडेलले साउदी राजदूतलाई सफलतापूर्वक आफ्नो कार्यकाल सम्पन्न गर्नुभएकामा धन्यवाद दिनुभएको थियो ।

     

    R.S.S


    Investigation Journalism

    सम्बन्धित समाचार

    Copyright © All right reserved to investigationjournalism.com Site By: SobizTrend