Logo

बुधवार, कार्तिक १२ गते २०८३

सिटिजन्स बैंंकका अध्यक्ष पाण्डेद्वारा शपथ ग्रहण

सिटिजन्स बैंंकका अध्यक्ष पाण्डेद्वारा शपथ ग्रहण

  • समाचार
  • कार्तिक १, २०८० बुधवार २३:४१ बजे
  • 565
    SHARES
  • सिटिजन्स बैंंकका अध्यक्ष पाण्डेद्वारा शपथ ग्रहण

    काठमाडौँ । नेपाल राष्ट्र बैंकमा बुधवार आयोजित एक कार्यक्रमका बिच सिटिजन्स बैंकका अध्यक्ष प्रवलजङ्ग पाण्डेलाई गभर्नर महाप्रसाद अधिकारीले पद तथा गोपनीयताको शपथग्रहण गराएका छन् । 

    कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बम बहादुर मिश्र, सुपरभिजन विभागका कार्यकारी निर्देशक देव कुमार ढकाल, रेगुलेसन विभागका कार्यकारी निर्देशक गुणाकर भट्ट, बैंकका प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेल, कम्पनी सचिव राजेन्द्र लाल श्रेष्ठ लगायतको उपस्थिति थियो ।

    पाण्डे बैंकको १७औँ साधारण सभापश्चात् बसेको सञ्चालक समितिको बैठकद्वारा सर्वसम्मत रूपमा अध्यक्षमा चयन भएका हुन् । यसअघि पाण्डेले बैंकको सञ्चालकको हैसियतमा चार वर्ष काम गरिसकेका छन् । इन्जीनियरिङ्ग सङ्कायमा स्नातक गरेका पाण्डे विगत दुई दशकभन्दा बढी सिमेन्ट तथा औषधी उत्पादनजन्य उत्पादनमूलक उद्योग तथा व्यापार व्यवसायमा सक्रिय रूपमा संलग्न छन् । 

    नेपाल उद्योग वाणिज्य महासंघ लगायत विभिन्न सामाजिक संघ संस्थाहरूमा आबद्ध भई नेतृत्वदायी भूमिका निभाइरहेका पाण्डेको अनुभवी नेतृत्वमा अझ बढी सफलता प्राप्त गर्ने बैंकले विश्वास लिएको छ ।

    Screenshot_2023-10-18-23-43-20-026_com.facebook.katana-edit.jpg

     

    श्रोत: रातोपाटी 


    Investigation Journalism

    सम्बन्धित समाचार

    Copyright © All right reserved to investigationjournalism.com Site By: SobizTrend