Logo

शनिवार, कार्तिक १५ गते २०८३

एनपिएलः अर्धशतक बनाउने विनोद भण्डारी नवौँ खेलाडी

एनपिएलः अर्धशतक बनाउने विनोद भण्डारी नवौँ खेलाडी

  • समाचार
  • मंसिर १२, २०८२ बिहिवार १६:४५ बजे
  • 370
    SHARES
  • एनपिएलः अर्धशतक बनाउने विनोद भण्डारी नवौँ खेलाडी

    काठमाडौँ, ११ मङ्सिरः सुदूरपश्चिम रोयल्सका ओपनर ब्याटर विनोद भण्डारीले नेपाल प्रिमियर लिग (एनपिएल) मा अर्धशतक हिर्काएका छन् । कीर्तिपुरस्थित त्रिवि अन्तरराष्ट्रिय खेल मैदानमा जारी लुम्बिनी लायन्सविरूद्धको खेलमा उनले ३७ बलमा तीन छक्का र चार चौकाको मद्दतमा अर्धशतक पूरा गरेका हुन् ।

    भण्डारीको यो सिजनमा पहिलो अर्धशतक हो । योसँगै जारी प्रतियोगितामा अर्धशतक हिर्काउने उनी नवौँ खेलाडीसमेत बनेका छन् । यसअघि चितवन राईनोजका रवी बोपराले तीन, पोखरा एभेनजर्सका कुशल भुर्तेलले दुई अर्धशतक हिर्काएका छन् ।

    बोपरा र भुर्तेलसँगै सुदूरपश्चिम रोयल्सका जोश ब्राउन, सुदूरपश्चिमका हरमित सिंह, विराटनगर किंग्सका ब्याटरद्वय लोकेश बम र मार्टिन गुप्टिल, कर्णाली याक्सका प्रियान्क पञ्चाल र जनकपुर बोल्ट्सका आशिफ शेख पनि अर्धशतक हिर्काउनेको सूचीमा छन् । कर्णालीका मार्कवाट मात्रै जारी प्रतियोगितामा शतक हिर्काउने खेलाडीको सूचीमा छन् ।

     

    R.S.S


    Investigation Journalism

    सम्बन्धित समाचार

    Copyright © All right reserved to investigationjournalism.com Site By: SobizTrend