Logo

शनिवार, कार्तिक १५ गते २०८३

एनपिएलः टस जितेर ब्याटिङ गर्दै पोखरा

एनपिएलः टस जितेर ब्याटिङ गर्दै पोखरा

  • समाचार
  • मंसिर १२, २०८२ बिहिवार १६:५२ बजे
  • 589
    SHARES
  • एनपिएलः टस जितेर ब्याटिङ गर्दै पोखरा

    काठमाडौँ, ११ मङ्सिरः दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट अन्तर्गत आज दोस्रो खेलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्स भिड्दैछन् ।

    त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला, कीर्तिपुरमा पोखरा टस जितेर ब्याटिङ गर्दैछ । कुशल भुर्तेलको कप्तानीमा रहेको पोखरा र अनिल साहका नेतृत्वमा रहेको साविक विजेता जनकपुर प्रतियोगितामा पहिलो जित निकाल्ने योजनामा छन् ।

    जनकपुर र पोखरा यसअघि खेलेका दुवै खेलमा पराजित भएका थिए । पोखरा पुछारबाट क्रमशःपहिलो र जनकपुर दोस्रो स्थानमा छ ।

    प्लेअफको सम्भावना जीवितै राख्न दुबै टोलीलाई आजको खेल जित्नैपर्ने दबाव छ । आज नै भएको पहिलो खेलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई सात विकेटले पराजित गरेको थियो ।

     

    R.S.S


    Investigation Journalism

    सम्बन्धित समाचार

    Copyright © All right reserved to investigationjournalism.com Site By: SobizTrend