Logo

बुधवार, कार्तिक १२ गते २०८३

बिक्री घटेपछि १४ हजार कर्मचारी कटौती गर्दै नोकिया

बिक्री घटेपछि १४ हजार कर्मचारी कटौती गर्दै नोकिया

  • समाचार
  • कार्तिक ४, २०८० शनिवार १९:५२ बजे
  • 673
    SHARES
  • फिनल्याण्डको प्रविधि कम्पनी नोकियाले विश्वभरबाट १४ हजार कर्मचारी कटौती गर्ने भएको छ । फिनल्याण्डको टेलिकम जायन्टको पहिचान बनाएको नोकियाले सन् २०२६ सम्ममा ९ देखि १४ हजार कर्मचारी कटौतीको योजना बनाएको हो ।

    कम्पनीका अनुसार चालू वर्षको जुलाई र सेप्टेम्बरकोबीचमा बिक्री २० प्रतिशतले खुम्चिएको छ । खासगरी उत्तर अमेरिकामा फाइभजी इन्टरनेटको उपकरणको मागमा कमी आउँदा बिक्री खुम्चिएको जनाएको छ ।

    हाल नोकियाको विश्वभरमा ८६ हजारभन्दा धेरै कर्मचारी छन् । यसअघि सन् २०१५ मा कम्पनीले हजारौं रोजगारी कटौती गरेको थियो । ९ देखि १४ हजार कर्मचारी कटौती गर्नुको मुख्य लक्ष्य ८०० देखि १.२ बिलियन बेलायती युरो खर्च घटाउनु रहेको समाचार संस्था बीबीसीले उल्लेख गरेको छ ।

    प्रमुख कार्यकारी पेक्का लुन्डमार्कले भविष्यमा क्लाउड कम्प्यूटिङ र एआईमा ठुलो लगानी चाहिने भएकाले कर्मचारीतर्फ जाने खर्च कटौती गर्ने बताए । कम्पनीले सन् २०२४ मा ४०० मिलियन र सन् २०२५ मा थप ३०० मिलियन युरो खर्च घटाउने लक्ष्य तय गरेको छ ।

    Screenshot_2023-10-21-19-54-08-371_com.facebook.katana-edit.jpg

    श्रोत: रातोपाटी 


    Investigation Journalism

    सम्बन्धित समाचार

    Copyright © All right reserved to investigationjournalism.com Site By: SobizTrend