Logo

बुधवार, कार्तिक १२ गते २०८३

चीनमा आज वृद्धवृद्धा महोत्सव

चीनमा आज वृद्धवृद्धा महोत्सव

  • समाचार
  • कार्तिक ६, २०८० सोमवार १६:४८ बजे
  • 637
    SHARES
  • चीनमा आज वृद्धवृद्धा महोत्सव

    चीन । सोमबार चीनभर बृद्धबृद्धाहरुले आफ्नो खुसीयालीमा महोत्सव मनाइरहेका छन् । अक्टोबर २३ तारिख चिनियाँ पात्रो अनुसार आज सेप्टेम्बर ९ तारिख हो । यो महोत्सवलाई चिनियाँहरूले ‘छौङयाङ’ महोत्सव अर्थात् वृद्धवृद्धाको महोत्सव भनिन्छ ।

    छौङयाङ चीनको चान वंशदेखि सुरु भएर तङ वंशदेखि परम्परागत उत्सवको रूपमा सुरु भएको हो । हरेक वर्ष सेप्टेम्बर महिनादेखि चिसो मौसम हुन थाल्ने भएको हुनाले चीनमा वृद्धवृद्धालाई सम्मान गर्नुपर्ने समय सुरु भएको हो ।

    छौङयाङ चाड वृद्धवृद्धाका लागि विशेष चाडपर्व मानिएको छ । चिनियाँ भाषामा नौं र लामो समान उच्चारण हुन्छ । त्यसैले आजको दिन चिनियाँहरूले आफ्ना परिवारका वृद्धवृद्धा सदस्यलाई विशेष परिकारको खाना र उपहार दिने गर्दछन् ।  

    दीर्घ जीवनको कामना गर्दै मनाइने यो महोत्सवको अवसरमा आफ्ना परिवारका सबै सदस्यहरूले वृद्धवृद्धालाई भेट गरी उपहार दिने गरिन्छ । भेट हुन नसक्दा टेलिफोन गरेर माया गर्नुपर्छ’ युनान विश्वविद्यालय स्नातकोत्तर अध्ययनरत छात्र हाङ्ग ती भन्छिन्, ‘मैले त आज बिहान मेरो हजुरबा, हजुरआमालाई टेलिफोन गरेर आजको दिन शुभकामना भनिसके । उपहार अनलाइनबाट पठाउने व्यवस्था गरेको छु ।

    पछिल्लो सरकारी नीतिअनुसार चीनमा वृद्धवृद्धालाई सामाजिक सुरक्षा र सरकारले नैं विशेष सुविधा दिने व्यवस्था गरेपछि वृद्धवृद्धाको सम्मान गर्ने प्रचलन बढ्दो छ ।  Screenshot_2023-10-23-16-50-36-295_com.facebook.katana-edit.jpg

     

    श्रोत: रातोपाटी 


    Investigation Journalism

    सम्बन्धित समाचार

    Copyright © All right reserved to investigationjournalism.com Site By: SobizTrend