Logo

शनिवार, कार्तिक १५ गते २०८३

नवलपुरमा थपिए नौ हजार मतदाता

नवलपुरमा थपिए नौ हजार मतदाता

  • समाचार
  • मंसिर १७, २०८२ मंगलवार ०९:४२ बजे
  • 595
    SHARES
  • नवलपुरमा थपिए नौ हजार मतदाता

    त्रिवेणी (नवलपरासी), १६ मङ्सिर : जिल्लाको बर्दघाट सुस्तापूर्व नवलपुरमा नौ हजार २३७ मतदाता थपिएका छन् ।

    जिल्ला निर्वाचन कार्यालयका प्रमुख लालप्रसाद शर्मा भुसालका अनुसार कार्यालयबाट नाम दर्ता गराउने मतदाताको सङ्ख्या तीन हजार १५३ रहेको छ । राष्ट्रिय परिचयपत्र प्रयोग गरेर छ हजार ८४ जनाले नाम दर्ता गराएका छन् ।

    यसअघि यहाँ दुई लाख ६० हजार ४३२ मतदाता थिए । निर्वाचन कार्यालयले बुलिङटार–२ मा एउटा मतदानस्थल थप्न सिफारिस गरेको छ । यसअघि नवलपुरमा एक सय १३ मतदानस्थल थिए ।

     

    R.S.S


    Investigation Journalism

    सम्बन्धित समाचार

    Copyright © All right reserved to investigationjournalism.com Site By: SobizTrend