Logo

शनिवार, कार्तिक १५ गते २०८३

रास्वपाद्वारा समानुपातिकका लागि उम्मेदवार आह्वान

रास्वपाद्वारा समानुपातिकका लागि उम्मेदवार आह्वान

  • समाचार
  • मंसिर १९, २०८२ बिहिवार २१:४३ बजे
  • 382
    SHARES
  • रास्वपाद्वारा समानुपातिकका लागि उम्मेदवार आह्वान

    काठमाडौँ, १८ मङ्सिरः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि समानुपातिक प्रणालीअन्तर्गत उम्मेदवार छनोटमा भाग लिन आह्वान गरेको छ ।

    सो पार्टीले आज सूचना जारी फागुन २१ गते हुने आमनिर्वाचनका लागि समानुपातिक प्रणालीअन्तर्गत उम्मेदवार छनोट प्रक्रिया औपचारिक रूपमा सुरु गरेको प्रवक्ता मनिष झाले जानकारी दिनुभयो ।

    योग्यता पुगेका इच्छुक पार्टी सदस्यले राष्ट्रिय स्वतन्त्र पार्टीको मोबाइल एपमार्फत अनलाइन आवेदन दिन सक्नेछन् । उम्मेदवारी दिने समयावधि मङ्सिर २२ गतेदेखि २५ गतेसम्म रहेको छ । उम्मेदवार छनोट रूपरेखाबारे विस्तृत रूपमा अध्ययन गर्न र निवेदनका लागि पार्टीको वेबसाइटमा हेर्न भनिएको छ ।

     

    R.S.S


    Investigation Journalism

    सम्बन्धित समाचार

    Copyright © All right reserved to investigationjournalism.com Site By: SobizTrend