Logo

बुधवार, कार्तिक १२ गते २०८३

दुई महिनामा साढे ३८ करोड रुपैयाँभन्दा बढीको यार्सागुम्बा निर्यात

दुई महिनामा साढे ३८ करोड रुपैयाँभन्दा बढीको यार्सागुम्बा निर्यात

  • समाचार
  • कार्तिक ९, २०८० बिहिवार १८:२४ बजे
  • 604
    SHARES
  • दुई महिनामा साढे ३८ करोड रुपैयाँभन्दा बढीको यार्सागुम्बा निर्यात

    काठमाडौँ । चालु आर्थिक वर्षको दुई महिनामा नेपालले साढे ३८ करोड रुपैयाँ बढीको यार्सागुम्बा निर्यात गरेको छ । साउन र भदौमा नेपालबाट कम्बोडिया, चीन, हङकङ, मलेसिया, सिंगापुर, भियतनाम लगायत मुलुकमा ३८ करोड ५९ लाख रुपैयाँ बराबरको यार्सागुम्बा निर्यात भएको भन्सार विभागको तथ्याङ्कमा उल्लेख छ ।

    विभागका अनुसार सो रकम बराबरको ६ सय ७८ किलो यार्सागुम्बा निर्यात गरिएको हो । गत वर्ष सो समयावधिमा ३ सय १४ किलो यार्सागुम्बा निर्यात भएको थियो । सो यार्सागुम्बाबाट १९ करोड १७ लाख रुपैयाँ आम्दानी भएको थियो । Screenshot_2023-10-26-18-25-24-281_com.facebook.katana-edit.jpg

     

    श्रोत: रातोपाटी 


    Investigation Journalism

    सम्बन्धित समाचार

    Copyright © All right reserved to investigationjournalism.com Site By: SobizTrend