Logo

शनिवार, कार्तिक १५ गते २०८३

न्यायको जीत भएको कार्यकारी निर्देशक शाक्यको भनाइ

न्यायको जीत भएको कार्यकारी निर्देशक शाक्यको भनाइ

  • समाचार
  • मंसिर २४, २०८२ मंगलवार ०७:१८ बजे
  • 415
    SHARES
  • न्यायको जीत भएको कार्यकारी निर्देशक शाक्यको भनाइ

    काठमाडौँ, २३ मङ्सिरः सर्वोच्च अदालतले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा पुनःबहाली गरेपछि हितेन्द्र शाक्यले न्यायको जीत भएको प्रतिक्रिया दिनुभएको छ । रासससँग कुरा गर्दै उहाँले सरकारको निर्णयबाट आहात भएकामा न्यायालयले राहत दिएको बताउनुभयो ।

    शाक्यले भन्नुभयो, “न्यायलयको निर्णयले राहत महसुस भएको छ ।” उहाँले आफ्नो योग्यता र क्षमताअनुसार देश, जनता र प्राधिकरणको हितमा काम गर्ने पूर्ववत् प्रतिबद्धता दोहोर्‍याउनुभयो ।

    सर्वोच्च अदालतका न्यायाधीशद्वय नहकुल सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलाशले शाक्यका पक्षमा परमादेश जारी गरेको हो । सरकारले गत असोज ५ गते शाक्यलाई कार्यकारी निर्देशकबाट जल तथा ऊर्जा आयोगमा सरुवा गरी मनोज सिलवाललाई नियुक्त गरेको थियो । सरकारको निर्णयविरुद्ध शाक्यले सर्वोच्चमा रिट दायर गर्नुभएको थियो ।

     

    R.S.S


    Investigation Journalism

    सम्बन्धित समाचार

    Copyright © All right reserved to investigationjournalism.com Site By: SobizTrend