Logo

बुधवार, कार्तिक १२ गते २०८३

तिहारको मौकामा पोखरामा पुष्प प्रदर्शनी हुने

तिहारको मौकामा पोखरामा पुष्प प्रदर्शनी हुने

  • समाचार
  • कार्तिक १४, २०८० मंगलवार २०:२९ बजे
  • 592
    SHARES
  • तिहारको मौकामा पोखरामा पुष्प प्रदर्शनी हुने

    पोखरा । तिहारको मौकामा पोखरामा पुष्प प्रदर्शनी हुने भएको छ । फ्लोरिकल्चर एशोसियसन कास्कीले कात्तिक तेस्रो साता मेला आयोजना गर्न लागेको हो । कात्तिकको १७ देखि २० गतेसम्म पोखराको सभागृहमा पुष्प प्रदर्शनी गर्न लागिएको आयोजकले जनाएको छ । 

    मेलामा गोदावरीसहित सबै प्रजातिका फूलहरुको प्रदर्शनी गरिने डिलबहादुर गुरुङले जानकारी दिए । उनका अनुसार २४ वटा स्टल रहन्छन् । तीमध्ये २० वटा व्यावसायिक, ३ वटा कृषि सामग्री र एउटा सूचनामूलक स्टल रहने छन् । 

    फ्यानले हरेक वर्ष फूलको महोत्सव गर्दै आएको छ । यो वर्ष गोदावरीसँगै सयपत्री, मखमली, सिजनल फूलहरु, सुनगाभा, बोन्साइका बिरुवा र कट्फ्लावर पनि प्रदर्शन गरिनेछ । उपभोक्तालाई नेपाली उत्पादनमा आकर्षित गर्न मेला आयोजना गरिएको पूर्व अध्यक्ष दयाकुमारले जानकारी दिए । 

    ‘नेपालमै सबै फूलहरु उत्पादन हुन थालेका छन् । तर हामी विदेशबाट आयात गर्छौँ,’ उनले भने, ‘हाम्रा उपभोक्तालाई स्थानीय उत्पादनमा आकर्षित गर्ने प्रमुख उद्देश्य हो ।’ गण्डकी प्रदेशमा ४८ जना मात्रै व्यावसायिक फूल किसान छन् ।

     

    Screenshot_2023-10-31-20-34-34-061_com.facebook.katana-edit.jpg


    Investigation Journalism

    सम्बन्धित समाचार

    Copyright © All right reserved to investigationjournalism.com Site By: SobizTrend