Logo

आइतवार, कार्तिक १६ गते २०८३

नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल

नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल

  • समाचार
  • पौष ३, २०८२ बिहिवार २१:१० बजे
  • 793
    SHARES
  • नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल

    दशरथचन्द (बैतडी), ३ पुसः नेपाली कम्युनिष्ट पार्टीका नेता डा भीम रावलले जनताका अधिकारलाई बलियो बनाउने लक्ष्यसहित जनताका माझमा आएको बताएका छन् । गोठालापानीमा आज जिल्लास्तरीय पार्टी एकता सन्देशसभालाई सम्बोधन गर्दै नेता रावलले यस्तो बताएका हुन् । 

     “देशमा सुशासन, राजनीतिक स्थायित्व र विकासको बाटोमा अघि बढाएर जनताको अधिकार बलियो बनाउन नेपाली कम्युनिष्ट पार्टी जनताका माझमा आएको छ”, नेता रावलले भन्नुभयो, “संविधानमा भएका कमजोरीलाई सुधार गरेर सुशासन कायम गर्न र भ्रष्टाचारीलाई कारबाहीको दायरामा ल्याउन हामी तयार छौँ ।”

     जेनजी आन्दोलनका क्रममा तत्कालीन सरकारको कमजोरीका कारण देश खरानीमा परिणत भएको उहाँको आरोप छ । देशको स्वाधीनताको रक्षा गर्न ओली नेतृत्वको सरकार कमजोर भएको रावलले बताउनुभयो । 


    Investigation Journalism

    सम्बन्धित समाचार

    Copyright © All right reserved to investigationjournalism.com Site By: SobizTrend