Logo

बुधवार, कार्तिक १२ गते २०८३

सिरियामा तैनाथ शान्ति सैनिकहरुको अदलीबदली

सिरियामा तैनाथ शान्ति सैनिकहरुको अदलीबदली

  • समाचार
  • कार्तिक २४, २०८० शुक्रवार २०:३८ बजे
  • 856
    SHARES
  • सिरियामा तैनाथ शान्ति सैनिकहरुको अदलीबदली

    काठमाडौँ । संयुक्त राष्ट्रसंघको आह्वानमा सिरियामा खटिएका नेपाली शान्ति सैनिकहरु फेरबदल भएका छन् । सिरियाको लागी फोर्स हेड्क्वार्टर सपोर्ट युनिट १२ औँ डफ्फा, मेकनाइज्ड इन्फेन्ट्री गुल्म सातौँ डफ्फा, इन्जिनियर से.मु आठौँ डफ्फा, लेबल १ अस्पताल पाँचौँ डफ्फा र क्लोज प्रोटेक्सन युनिटको चौथो डफ्फा बिहीबार त्यसतर्फ प्रस्थान गरेका छन् । 

    सिरियामा गएका २३४ जना नेपाली शान्ति सैनिकको नेतृत्व प्रमुख सेनाली सुनिल कुमार मल्लले गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । 

    शान्ति सैनिहरु इथोेपियन एयरलाईन्सको चाटर्ड विमानद्वारा मिसन इलामा पुगेका हुन । 

    सिरियामा यसअघि खटिएका २५८ जना सैनिक आफ्नो कार्यअवधि पुरा गरेर सेनानी देव गुरुङको नेतृत्वमा कार्तिक २३ मा नेपाल फर्केका छन् । अहिले सिरिया मिसनमा ४१५ जना सैनिक कार्यरत छन् ।

     

    श्रोत:रातोपाटी 


    Investigation Journalism

    सम्बन्धित समाचार

    Copyright © All right reserved to investigationjournalism.com Site By: SobizTrend